काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले हालको सरकारप्रति गम्भीर असन्तुष्टि जताउँदै सरकार परिवर्तनको आवश्यकता औल्याएका छन्। उनकै शब्दमा, “यो सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि समाप्त पार्न थालेको छ।”
नेप्लिज–क्यानडियन एसोसिएसन अफ अटवाद्वारा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र संवैधानिक अवस्था जटिल बन्दै गएको बताए। “प्रायः धेरै समस्याहरू छन्, केही राम्रा कुराहरू पनि भएका छन्, तर धेरै कुराहरू मिलिरहेका छैनन्,” उनले थपे।
उनका अनुसार, परराष्ट्र सम्बन्ध पनि पेचिलो बन्दै गएको छ। यसले देखाउँछ कि नेपाललाई अगाडि बढाउन भिजन, नैतिकता र अन्तर्राष्ट्रिय दृष्टिकोण भएका सक्षम नेतृत्व आवश्यक छ। उनले भने, “अलिकति भिजन र नैतिकता भएका, क्षमता भएका, देश–दुनियाँ देखेका पात्रहरूले शासन सम्हाल्ने हो भने पक्कै देश बन्नेछ।”
यद्यपि निराश हुन नहुने उनले देखाएका छन्, रुदै उनले २०६२/०६३ को आन्दोलनपछि नेपालले धेरै प्रगति गरेको स्मरण गराएका छन्।