चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा, सुनको भाउ घट्यो

hitkhabar.com


काठमाडौं : नेपाली बजारमा चाँदीको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला चाँदीको मूल्य ४ हजार १०५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा चाँदीको भाउ १०० रुपैयाँले बढेको हो।

चाँदी महँगिँदा सुनको मूल्य भने सामान्य घटेको छ। आज प्रतितोला सुन १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले घट्दै प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुन र चाँदीको मूल्यमा उतार–चढाव देखिँदै आएको छ।

प्रतिक्रिया