झापा–५ मा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी

hitkhabar.com


काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन परिणाम अनुसार बालेन्द्र शाहले ६८ हजार ३८४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। यससँगै शाहले ४९ हजार ६१४ मतान्तरको फराकिलो अन्तरले जित हात पारेका हुन्।

अन्य उम्मेदवारतर्फ श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले १ हजार ८२१, नेकपाका रञ्जित तामाङले १ हजार ४६१ र राप्रपाका लक्ष्मी सङ्ग्रौलाले १ हजार ५३६ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै झापा–५ मा लामो समयदेखि प्रभावमा रहेको राजनीतिक समीकरणमा परिवर्तन आएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया