काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट नक्खु कारागार, ललितपुर सारिएको छ ।
शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएका लामिछानेलाई विमानस्थलमा समर्थक र सञ्चारकर्मीको भिडभाडबीच प्रत्यक्ष सम्बोधन नदिइ सिधै कारागार लगिएको हो।
उनी सहकारी ठगी प्रकरणमा पूर्र्षक्षका लागि थुनामा थिए । लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा थिए ।
उनी काठमाडौं ल्याउन दिउँसो ३ बजेको उडान तय भए पनि मौसमका कारण ढिलाइ भएको थियो ।
16 Aug 2025