प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री वाग्ले कार्यवाहक प्रधानमन्त्री

hitkhabar.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाँ असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ।


प्रतिक्रिया