काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) र रक्षाबन्धन ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार तोकिएको साइतमा रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उनका आफन्तहरूले पनि रक्षाबन्धन ग्रहण गरेका थिए ।
09 Aug 2025