काठमाडौँ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा मन्त्रीहरूलाई शपथ गराएका हुन्।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने लामाले मंगलवाचन गरेका थिए।
मन्त्रीहरूको जिम्मेवारी
- प्रधानमन्त्री बालेन शाह – रक्षा तथा उद्योग मन्त्रालय
- स्वर्णिम वाग्ले – अर्थ मन्त्रालय
- सुधन गुरुङ – गृह मन्त्रालय
- शिशिर खनाल – परराष्ट्र मन्त्रालय
- सुनिल लम्साल – भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालय
- विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
- खड्कराज पौडेल (गनेश) – पर्यटन मन्त्रालय
- गीता चौधरी – कृषि मन्त्रालय
- सस्मित पोखरेल – शिक्षा, विज्ञान, प्रविधि तथा युवा र खेलकुद मन्त्रालय
- निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- विक्रम तिमिल्सिना – सञ्चार मन्त्रालय
- प्रतिभा रावल – सामान्य प्रशासन मन्त्रालय
- दीपक साह (महोत्तरी) – श्रम मन्त्रालय
- सोविता गौतम – कानुन मन्त्रालय
- सीता वादी – महिला तथा बालबालिका मन्त्रालय
नवनियुक्त मन्त्रीहरूको शपथसँगै सरकारले नयाँ कार्यकालको सुरुवात गरेको छ। अब आगामी दिनमा विभिन्न मन्त्रालयहरूबाट नीति तथा विकास योजना कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ।
27 Mar 2026