काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्री ओलीले सांसदहरूको जिज्ञासामा जवाफ दिनेछन् ।
त्यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै, बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची समेत समावेश गरिएको छ ।
20 Aug 2025