काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्दै सुनको भाउ २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज थप महँगिएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।
20 Jan 2026