काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई गर्मीबाट जोगाउन पहिलो पटक कृत्रिम वाटर ड्रपलेटको व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले भीडभाड र चर्को गर्मीका कारण महिलाहरूलाई हुने असजिलो र बेहोस हुने समस्या न्यूनीकरणका लागि यो व्यवस्था मिलाएको हो । वाटर ड्रपलेटमार्फत भक्तजनले सहज र शीतल वातावरणमा दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।
कोषले यसबाहेक भक्तजनको सहजताका लागि अन्य सेवा तथा सुविधासमेत उपलब्ध गराएको छ । बिहानैदेखि मन्दिर क्षेत्रमा ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिती रहेको छ ।
26 Aug 2025