नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

hitkhabar.com


काठमाडौं । नेपाल विद्युत प्राधिकरण (NEA) को कार्यकारी निर्देशकमा इन्जिनियर मनोज सिलवाल नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्दै सिलवाललाई जिम्मेवारी दिएको हो।

शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ (विज्ञ) पदमा पठाइएको छ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार आयोगमा शाक्यको नियुक्ति र प्राधिकरणमा नयाँ नेतृत्वको जिम्मेवारी एकैपटक दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यसअघि मनोज सिलवाल प्राधिकरणका उप–कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदै आएका थिए।

प्रतिक्रिया