हेटौंडा । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले मंगलबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ गराएका हुन् । बानियाँ यसअघि नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति पदमा छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि बानियाँले चाँडै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको जनाइएको छ ।
सोमबार उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदको समर्थन रहेको छ ।
मकवानपुर निवासी बानियाँअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन् ।
05 Aug 2025