मेयर बालेन्द्र र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन्।

अखिल (एमाले निकट) का पूर्वअध्यक्ष समीक बडालको नेतृत्वमा मंगलबार अनेरास्ववियुका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेर जाहेरी दर्ता गरेका हुन्।

बडालका अनुसार आफूहरू कानूनी राज्यका पक्षधर विद्यार्थी भएकाले मुलुकमा ‘विधिको शासन’ स्थापित गर्नुपर्ने मागसहित जाहेरी दर्ता गरिएको हो।

उनले भने, “हामीले मेयर बालेन्द्र र सुधन गुरुङविरुद्ध जाहेरी दिएका छौं। प्रहरीले २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिने बताएको छ। हामी कानूनी शासनको वकालत गर्दै आएको संगठन भएकाले कुनै पनि व्यक्तिलाई कानूनभन्दा माथि राख्न मिल्दैन।”

बडालले हालै सिंहदरबार परिसरसहितका सरकारी संरचनामा आगजनी र तोडफोड गर्नेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने माग पनि गरेका छन्।

उनका अनुसार, जाहेरीसँगै प्रमाणसमेत प्रहरीलाई बुझाइएको छ।


प्रतिक्रिया