काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र बढेकाले नेपाली बजारमा पनि यसको प्रभाव देखिएको छ। विश्व बजारमा सुन प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलरभन्दा माथि पुगेको छ।
यता, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँमा पुगेको छ।
21 Jan 2026