नवनियुक्त कृषिमन्त्री परियार : शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

hitkhabar.com


काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले सोमबार पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै उनले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री परियारले शासकीय सुधार र बेथिति रोक्न आफू महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट सन्देश दिए ।

उनले भने, “चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने छ । जसरी पनि हामी यो पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन म्यान्डेट छन्, त्यो पूरा गर्न मेरो प्राथमिकता हुने छ ।”

यससँगै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु र धानबालीमा अनुसन्धानसम्बन्धी भएको पूर्व सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

प्रतिक्रिया