काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आगामी भदौ १३ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको हो । बैठक दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको थियो ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेकाले बैठक स्थगित गरिएको गौतमले जानकारी दिए ।
एमालेको दोस्रो विधान महाधिवेशन भने ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तय भएको छ । महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।
27 Aug 2025