दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

hitkhabar.com


काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार) अन्तिम दिन हो ।

निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।

हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया