सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग समसामयिक मुद्दामा छलफल हुने

hitkhabar.com


काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८औँ बैठक आज बस्ने भएको छ।

समिति बैठक दिउँसो १:३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको बैठक कक्षमा आयोजना हुने समितिले जनाएको छ।

आजको बैठकमा गृहमन्त्रीसँग देशका ताजा विषय र चासोका मुद्दाहरूमा केन्द्रित विशेष छलफल गर्ने कार्यसूची तय गरिएको छ।

समसामयिक परिस्थिति, सुरक्षा सम्बन्धी अवस्था तथा नीति–सम्बन्धी प्रश्नहरू बैठकको मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया