बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त

hitkhabar.com


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

उनी आजै दिउँसो १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शीतलनिवासमा आयोजना हुने समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउनेछन्। सोही दिन मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गरिएको छ।



प्रतिक्रिया