मधेशमा नयाँ सत्ता समीकरण : कांग्रेसको नेतृत्वमा सरकार गठनको दाबी

hitkhabar.com


जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी गरिएको छ । बुधबार कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीको समर्थनमा नयाँ सत्ता गठबन्धन बनेको घोषणा गर्दै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रूपमा दाबी पेश गरिएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । यादवको नेतृत्वमा सरकार गठन हुने तयारी भइरहेको छ ।

यसअघि प्रदेश सरकारमा सहभागी रहेका नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिँदै पुरानो सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । यससँगै प्रदेशको राजनीतिक समीकरण फेरिएको छ ।

नयाँ गठबन्धनले मधेशमा राजनीतिक स्थायित्व र सुशासनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश प्रमुखको निर्णयपछि औपचारिक रूपमा नयाँ सरकारको गठन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया