भदौ २६ गतेसम्म काठमाडौंका सम्पूर्ण विद्यालय बन्द गर्ने महानगरको निर्णय

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौ २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको जेन–जी पुस्ताको प्रदर्शनपछि राजधानीमा तनावग्रस्त अवस्था सिर्जना भएपछि यस्तो निर्णय गरिएको हो । महानगरले आफ्नो विज्ञप्तिमा राजधानीभित्रका सबै निजी तथा सामुदायिक विद्यालय अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेको छ ।

आन्दोलनका क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने चार सयभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि राजधानीमा थप अप्रिय स्थिति नआओस् भन्ने उद्देश्यले विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया