काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
युरोपेली युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा तथा बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युके पाउण्ड स्टर्लिङको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा छ। स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलरको खरिददर १०२ रुपैयाँ २२ पैसा तथा बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर ११० रुपैयाँ २० पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा तथा बिक्रीदर ३८ रुपैयाँ २४ पैसा छ। त्यसैगरी, कतारी रियालको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ रुपैयाँ ४७ पैसा, युएई दिरामको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १८ पैसा, डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
यसबाहेक, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा, कुवेती दिनारको खरिददर ४६५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६७ रुपैयाँ ३५ पैसा, बहराइन दिनारको खरिददर ३७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ४८ पैसा कायम भएको छ।
ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०६ पैसा तोकिएको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।