काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३,९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ मात्र थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला २,६५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २,६८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
नेपालमा प्रत्येक दिन विश्व बजारमा भएको उतारचढावसँगै सुन–चाँदीको मूल्य परिवर्तन हुने गरेको छ।
23 Sep 2025