काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य थप घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्दै २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार प्रतितोला सुन २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यससँगै पछिल्ला दुई दिनमै सुनको मूल्य उल्लेख्य रूपमा घटेको देखिएको छ। बुधबार १ हजार १०० रुपैयाँले घटेको सुन आज फेरि थप ओरालो लागेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ५५ रुपैयाँले घट्दै ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतार–चढाव तथा स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुन–चाँदीको मूल्यमा परिवर्तन आएको व्यवसायीहरूले बताएका छन्।