सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति

Sharing is caring!

असोज ५, २०८० । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच ६ बुँदे सहमति भएको छ।

शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिएको उनको भनाई छ ।

शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो। योसंगै शिक्षकहरुको सम्पूर्ण आन्दोलन स्थगित भएको छ ।

आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्।
प्रस्तावित शिक्षा विधेयकमाथि चर्को असन्तुष्टि राख्दै देशभरका शिक्षक तीन दिनदेखि आन्दोलनमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *