बारामा २२ जुवाडे पक्राउ

Sharing is caring!

कात्तिक १५, २०७५ । बाराको निजगढबाट बुधबार राती प्रहरीले २२ जना जुवाडेलाई पक्राउ गरेको छ । जसमा बाराका होटल व्यवसायी संघ अध्यक्ष मोहन शर्मा लामिछाने सहित अन्य २२ जना छन् ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नीरिक्षक विक्रम लामा सहितको टोलीले निजगढ नगरपालिका ३ सिङ्गौलबाट कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका छन् । निजगढका प्रहरी नीरिक्षक विक्रम लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद पनि बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा निजगढ, सिमरा, जीतपुर र वीरगञ्जका व्यवसायीहरु छन् भने काँग्रेस र नेकपाका केहि नगरस्तरिय नेता समेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले २२ जना जुवाडे पक्राउ परेको पुष्टि  गरेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित गराएपछि थप विवरण सार्वजनिक गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *