सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

Sharing is caring!

असोज ५, २०८० । सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा केहीबेर अघि वार्ता सुरु भएको शिक्षा मन्त्री अशोक राईको सचिवालयले जनाएको छ ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले समाधानका लागि शिक्षकहरुसँग वार्तामा बोलाएको हो ।

बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बीच भएको वार्ता निष्कर्षविहीन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *