रेलले किचेर एकजनाको ज्यान गयो

Sharing is caring!

कात्तिक २८, २०८० । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ ।

नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्निे गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ ।
ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *