राजनीतिक स्थिरताले मात्र राष्ट्र समृद्धि: उपप्रधानमन्त्री यादव

Sharing is caring!

जेठ २६, २०७५ । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ ।

संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको उहाँले बताउनुभयो ।

संघीय समाजवादी फोरमको सहभागितासँगै दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो ‘‘कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन अपरिहार्य छ ।’’

पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानीलगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने उहाँले बताउनुभयो ।

मुलुकमा रहेको ठूलो आर्थिक व्यापार घाटा, गरिबी र बेरोजगार ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाइने बताउँदै उहाँले स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *