उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री

Sharing is caring!

माघ २९, २०८० । उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसंग संसदीय समितिले आज छलफल गर्ने भएको छ । बौद्धिक चोरीका आरोपित तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले आज शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज (सोमबार) बिहान ११ बजे शिक्षामन्त्री राईलाई छलफलका लािग समितिमा बोलाएको हो।

समितिको आइतबारको बैठकमा सांसदहरूले उपकुलपतिमा भ्रष्टाचारको आरोप लागेका र बौद्धिक चोरीमा नाम मुछिएकालाई नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएका थिए । त्यसपछि उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय समितिले गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाले आवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *