काठमाडौंमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

Sharing is caring!

पुस १, २०८० । काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो । नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको हो । ¥याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।

नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो । उनले भने, ‘ नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *