काठमाडौंमा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू

Sharing is caring!

मंसिर ११, २०७५ । सरकारले काठमाडौंमा चल्ने सवारी साधनहरुमा मंसिर १४ देखि १७ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको छ ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा आगामी मंसिर १४ देखि १७ सम्म काठमाडौंमा एसिया प्यासिफिक समिट हुन लागेको हो ।

उक्त कार्यक्रममा सहभागि हुन विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधनमात्र चल्ने छ,भने अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । सरकारले यस अघि विमस्टेक सम्मेलनका अवधिभर जोर बिजोर प्रणाली लागू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *