माथिल्लो तामाकोसी सेयर बाँडफाँड, सर्वसाधारणलाई कम्तीमा ४० कित्ता सेयर

Sharing is caring!

मंसिर १२, २०७५ ।  तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन दिएका सर्वसाधारण सबैले ४० कित्ता सेयर पाउने भएका छन् । मंगलबार भएको सेयर बाँडफाँटका क्रममा आवेदन दिने ३ लाख ३४ हजार ७५ जनालाई न्यूनतम ४० कित्ता परेको हो ।

बाँडफाँटबाट बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता गोला प्रथाबाट वितरण गरिएको थियो । गोला प्रथाबाट छानिएका १ लाख ७२ हजार ७ सय ७५ जना आवेदनकर्ताले थप १० कित्ता सेयर पाउने भएका हुन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आगामी वर्षदेखि उत्पादन थाल्ने अनुमान छ । यसअघि नै आयोजनाले आयोजना प्रभावित दोलखाबासीका लागि छुटयाएको सेयर बाँडफाँट गरिसकेको छ । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *