निर्मला हत्या प्रकरण, तारोमा सरकार

Sharing is caring!

मंसिर १६, २०७५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर बदनाम भइरहेका छन् ।

सरकारले केही दिनअघि निजी क्षेत्रका लाखौं श्रमिकको हितमा हुने गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । त्यस स्वागतयोग्य कामलाई पनि निर्मला पन्तसँग जोडेर ओझेलमा पार्ने काम भइरहेको छ ।
मिस नेपाल २०१८ की शृंखला खतिवडा चीनमा जारी मिस वल्र्ड प्रतिस्पर्धाको अन्तिम ३० भित्र पर्न सफल भएकी छिन् । तर, नेपालमा शृंखलाको विषय पनि निर्मलासँग जोडेर सरकारको विरोध भइरहेको छ । एक नेपाली नारीले भोट मागिरहँदा अर्कीले न्याय मागिरहेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ ।

निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्दा चौतर्फी विरोध बढेर गए पनि सरकार भने दोषी पत्ता लगाएर कारबाही गर्न चुकेको छ । सरकारले दोषी पत्ता लगाउन संवेदनशील बन्नुपर्नेमा उदास देखिएको छ । घटनाको प्रमाण नष्ट गर्ने र किर्ते काम गर्ने प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाहीसमेत गरिएको छैन ।
सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि सरकारको आलोचना झन् बढेर गएको छ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटकपटक अनशनमा बसेका गोविन्द केसीले निर्मलाका हत्यारालाई पत्ता लगाएर कारबाहीको मागमा अनशन बस्ने चेतावनी दिइसकेका छन् ।

पछिल्लोपटक राजधानीका सडक पेटीमा सरकार भेटियो, न्याय भेटिएन लेखिएका पोस्टरहरु टाँसेर सरकारको विरोध भइरहेको छ । प्रहरीले सरकारको विरोधमा पोस्टर टाँस्ने केहीलाई शुक्रबार पक्राउ गरेको थियो । राजधानीमा शनिबार भने प्रदर्शनसमेत भएको छ । एक दर्जन प्रदर्शनकारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *