राष्ट्रपति पोल्यान्डतर्फ

Sharing is caring!

मंसिर १६, २०७५ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार पोल्यान्ड प्रस्थान गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औँ सम्मेलन (कोप २४) आइतवारदेखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ । करिव दुई साता लामो बार्षिक सम्मेलनलाई राष्ट्रपति भण्डारीले भोली सोमबार सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

सम्मेलनमा राष्ट्रप्रमुखको सहभागितासँगै उहाँको सम्बोधनले नेपालले जलवायु परिवर्तनको विषयमा लिएको गम्भिरता, नेपालको प्राथमिकता र एजेन्डाबारे अन्तर्राष्ट्रिय चासो बढ्ने जलवायु विज्ञहरुको ठहर छ । सम्मेलन सचिवालयले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । काटोइस सम्मेलनमा विश्वका १ सय ९६ मुलुकका प्रतिनिधी सहभागी हुँदैछन् ।

जलवायु परिवर्तनसम्बन्धी महत्वर्पूण अन्तर्राष्ट्रिय जमघटमा यसअघि सन् २००९ मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो । २४ औं सम्मेलनमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका अन्य अधिकारी, सांसद समेत सहभागी रहनेछन् ।

राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी एन्ड्रेजी सेबेस्टेन डुडा र राष्ट्रसंघिय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले शिष्टाचार भेटर्वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी र डुडावीच मंगलबार द्धिपक्षिय भेटवार्ता हुनेछ भने आज आइतवार उहाँले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *