५ वर्षपछि जलस्रोत सचिवस्तरीय बैठक, डुबान, बाढी नियन्त्रण, पानी साझेदार प्रमुख एजेण्डा

Sharing is caring!

पुस २५, २०७५ । नेपाल–भारत जलस्रोत सचिवस्तरीय (जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसीडब्लूआर) को आठौं बैठक भारतको राजधानी दिल्लीमा तय भएको छ । आगामी शुक्रबारदेखि आइतबारसम्म हुने सो बैठकबारे आवश्यक तयारी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारी नेतृत्वको टोली मंगलबारै नयाँदिल्ली प्रस्थान गरेको छ ।
सचिवस्तरीय बैठक हुनुअघि बुधबार र बिहीबार सहसचिवस्तरीय बैठक हुनेछ । सचिवस्तरीय बैठकमा भाग लिन मन्त्रालयका सचिव सञ्जय शर्माको नेतृत्वमा छुट्टै टोली त्यसतर्फ जाने मन्त्रालयका सूचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिए ।

दुई देशबीच डुबान, बाढी नियन्त्रण, पानी साझेदार र सिँचाइसम्बन्धी छलफल हुनेछ । बैठकमा विद्युत् विकास विभागका महानिर्देशक मधुप्रसाद भेटुवाल, जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोली पनि सहभागी हुनेछ ।

बैठकमा चाँदनी र दोधारामा पानी उपलब्ध गराउनुपर्ने विषय, महाकाली नदीबाट नेपालले पानी पाउनुपर्ने सतलज र सप्तकोसी उच्च बाँधको मुद्दाका विषयमा बृहत् छलफल हुनेछ । सातौं बैठकलाई आधार मान्दै सचिवस्तरीय बैठकले विभिन्न नीति तथा निष्कर्षको निर्णय गर्ने भएको छ ।
‘नेपाल–भारतबीच ऊर्जा र जलस्रोत मुद्दालाई समाधान गर्न, जलस्रोतको सही उपयोग गर्न र सुरक्षा गर्न यो सचिवस्तरीय बैठक महŒवपूर्ण छ,’ सूचना अधिकृत अधिकारीले भने ।
जेसीडब्लूआरको सातौं बैठक ११ र १२ माघ २०६९ मा काठमाडौंमा आयोजना गरिएको थियो भने पहिलो बैठक १५ देखि १७ कात्तिक २०५६ मा भएको थियो ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *