फोरम र राजपाबीच अन्तर्विरोध बढ्यो

Sharing is caring!

साउन २६, २०७५ । प्रदेश २ मा सरकार निर्माणका सहयात्री दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच अन्तर्विरोध सुरु भएको छ । सरकारमा रहेका मन्त्रीहरूले एक–अर्का दलका सांसद तथा मन्त्रीहरूसँग समन्वय नगरी योजना छनोट गर्ने गरेको भन्दै विवाद बढ्न थालेको हो ।

भौतिक योजनामन्त्री जितेन्द्र सोनलले मन्त्रालयमार्फत तयार गरेका ३२ वटा योजना वितरणमा फोरमका प्रदेश सभा सदस्य तथा अन्य मन्त्रीसँग समन्वय नगरेको प्रश्न उठेको छ । मन्त्री सोनलले त्यतिवेला २५ वटा राजपाका प्रदेश सभा सदस्यलाई एक–एकवटाका दरले बाँडेको र ६ वटा योजना राजपा अध्यक्ष मण्डलका ६ सदस्यको क्षेत्रलाई दिएका थिए । त्यस विषयमा प्रश्न उठाउँदै फोरमका नेताहरूले अन्तर्सम्बन्ध नभएको उल्लेख गरेका थिए ।

त्यसैगरी, फोरमका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र कृषिमन्त्री शैलेन्द्र साहले पनि राजपाका सांसदहरूसँग समन्वय नगरेको आरोप लगाएका छन् । सरकारभित्रै अन्तरसमन्वय नहुँदा दुई दलको गठबन्धनमा समस्या हुने नेताहरूले बताउन थालेका छन् । मन्त्रीहरूले समन्वय गरेर छलफल नगरेको राजपा महासचिव केशव झाको भनाइ छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *