राष्ट्रपति पौडेलद्वारा कतारका अमिर थानीको सम्मानमा रात्रिभोज

Sharing is caring!

वैशाख ११, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । राजधानीको ताहाचलस्थित होटल सोल्टीमा मंगलबार साँझ आयोजित रात्रिभोज समारोहमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद एवं उद्योगी व्यापारीहरुको सहभागिता थियो ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मंगलबार नेपाल आइपुगेका हुन् । अमिर थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

कतारका अमिर विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास गएका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता समेत भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *