कृषिमन्त्रीलाई सांसदको प्रश्न, किसानले गोठमा पालेको पशु चौपाए सिंहदरबारमा ल्याएर हुल्दिने होकि बालुवाटार हुल्दिने हो ?

Share this news:

फागुन १३, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस ।’

यस्तै, उनले दूध किसानले भुक्तानी नपाउँदा मिल्क होलिडे सुरु गरेको भन्दै सरकार र कृषिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समस्या समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए । सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरेहेका उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्नका लागि सचेत पनि गराएका छन् ।

‘अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरुले पालेका पशु चौपाए सिंहदरबारमा ल्याएर हुल्दिने होकि बालुवाटार हुल्दिने हो ? नत्र सरकार बिउँझिदैन ।’ उनले आक्रोश पोख्दै थपे ‘किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो । अब किसानले गोठमा पालेको पशु चौपाए सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस,’ सांसद ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *