राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा अर्चना

Sharing is caring!

फागुन २५, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन् ।

पूजा आराधनापछि प्रसाद ग्रहणल गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्। महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।

पशुपतिनाथ मन्दिरमा अहिले पनि हजारौंको संख्यामा भक्तजन लामबद्ध भएर दर्शन गर्ने क्रम जारी छ । मन्दिरमा साँझ साढे पाँच बजेसम्म चारलाख ३५ हजार बढी भक्तजनले पूजा आरधना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज बिहान २ बजेबाटै पाशुपत क्षेत्रमा दर्शनार्थीको लागि मन्दिरको चारै ढोका खोलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *