गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

कात्तिक ९, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारको एकता र सहकार्यलाई कसैले तोड्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित ‘सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने दाबी दोहो¥याएका हुन् । वर्तमान गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने उनको भनाई छ ।

“यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु, यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ,“ सचिवालयले जनाएको छ ।

जनयुद्धपछि ‘प्रचण्डपथ’ छाड्दा माओवादी विभाजन भएको उल्लेख गरेका प्रचण्डले राजनीतिमा विचार मुख्य कुरा हुने बताउँदै आफ्नै पथ रोकेकोप्रति दुःख मनाउ गरेका छन् । “विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं। अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं।’’

त्यस्तै उनले कर्णालीको विकास आफ्नो प्राथमिकता रहेको एवं शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको धारणा राखे । उनले कर्णलीको विकासका निम्ति धेरै काम भएपनि त्यो पर्याप्त नभएको र आगामी दिनमा रूकुमको विकास उनले उच्च प्राथमिकतामा रहने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *