अब साँझ ७ बजेदेखि राति ९ बजेसम्म लोडसेडिङ

Sharing is caring!

साउन २६, २०७५ । नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना  जारी गर्दै, ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ ।

प्रसारण लाइन यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्मको लागि विद्युत् कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् ती दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ ।

कोहलपुरदेखि दुहबीसम्म ग्रीड र वितरण तथा ग्राहक सेवाका सवस्टेसनबाट औद्योगिक फिडरमार्फत विद्युत् आपूर्ति हुने ग्राहकको विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन जडान भएपछि प्रसारण लाइनको क्षमता स्तरोन्नति हुनेछ । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनको क्षमता १३२ केभीबाट स्तरोन्नति गरी २२० केभी बनाइएको थियो । आगामी वर्ष सोही सवस्टेशन ४०० केभीमा रुपान्तरित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *