प्रतिनिधिसभामा वामदेव गौतमको आवश्यकत्ता छ: मन्त्री खनाल

Sharing is caring!

असोज २६, २०७५ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको बताएका छन् । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजिनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ ।’

यद्धपी उनले नेता गौतमलाई पार्टीको बरिष्ठ नेता भएकोले सुनाउँदै भने,‘उहाँ पार्टीको बरिष्ठ नेता हो । राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो । उहाँ चुनाव उठ्नुपर्छ । जित्नुपर्छ भन्ने कुरा आँफैमा ठिक पनि छ । तर, अर्को पक्ष के हो भने त्यो संस्थापक हुनुपर्छ । त्यो पार्टीभित्र छलफल हुनुपर्छ । त्यसको आवश्यकत्ता महशुस हुनुपर्छ ।’

मन्त्री खनालले नेता गौतमको प्रतिनिधिसभामा आवश्यक रहेको पनि सुनाए । ‘प्रतिनिधिसभामा उहाँको आवश्यक नहुने भन्ने कुरा होईन, उहाँको आवश्यक छ । तर, चुनाव भएको एक वर्षपनि भएको छैन । अरुलाई राजिनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्यहरु पुष्टि गर्नुपर्छ । यसो गर्दा जनतालाई पनि सहज हुन्छ । यसकारणले उहाँलाई हामीले संसदमा लगेका हौं भनेर पुष्टि गर्नुपर्छ ।’–उनले थपे ।

पछिल्लो समय चिनी, खाद्य मल र पेट्रोलियम पदार्थमा महँगी देखिनुमा डलरको भाउ बढ्नुलेपनि केही असर परेको स्पष्ट पारे । उनले भने,‘तर हाम्रो देशमा उत्पादित खाद्य वस्तु र छिमेकी देशबाट आयात हुने कुरामा डलरको त्यति धेरै असर त होईन होला । खाद्य वस्तुको कुरा गर्दा हिजो २ महिना अघि र अहिलेको तुलनामा मुल्यवृद्धि भएकोजस्तो मलाई लाग्दैन् ।’

उनले चाडपर्वको मौका छोपेर कसैले कालोबजारी र गलत काम गर्न खोजे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिए । उनले भने,‘हामीले बजार अनुगमन गरिरहेका छौं । कसैले पनि चाडपर्वको मौका छोपेर गलत गर्नेबारे नसोचे हुन्छ।’
वर्तमान सरकार सफल हुनैपर्ने उनको भनाई छ । उनले भने,‘सरकार सफल हुनुको विकल्प छैन । दुई तिहाई सरकारको विकल्प अरु के हुन्छ अहिले ? सानातिना कुराहरु कहीँकतै बिग्रिएका रहेछन भनेपनि त्यसलाई सुधार गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *