मौद्रिक नीति राहत प्याकेजको रुपमा आएको पूर्व गभर्नर डा. नेपालको दाबी

Sharing is caring!

साउन ३०, २०७८ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र यसले कोभिडले पारेको असरलाई राहत प्याकेजको रुपमा आएको स्पष्ट पारेका छन् । उनले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको पनि बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा. नेपालले कोभिडले गर्दा यो अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहना रहेको र सोही अनुसार मौद्रिक नीति आएको बताए । तल्लो वर्गलाई सम्बोधन गर्नेगरि अबको बजेट आउनुपर्नेमा उनको जोड छ । कोभिडको तेस्रो लहरमा हिजो आएको मौद्रिक नीीतले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने पनि नेपालले विश्वास दिलाए ।

उनले भने,‘केन्द्रीय बैंक सुविधा – सहुलियत दिने संस्था होईन । त्यो तपाईँहरु प्रष्ट हुनुपर्छ । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो । सरकारले हो । त्यो भनेको बजेटमार्फत नै हो ।’ उनले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको स्मरण गराए ।

उनले भने,‘केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने, वित्तिय स्थायित्व हेर्ने हो । भोलि वित्तिय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिईन्छ । संसारमा अहिले केन्द्रीय बैंकले अप्ठ्यारो परेको के भन्दा कोभिडको बेला अघिल्लो वर्ष राहत ल्यायो, सुविधा ल्यायो, अब त्यो पोलिसीलाई कसरी ब्याक गर्ने त्यो सबभन्दा ठूलो कुरा हो । हामीकहाँ त दोस्रो वर्ष पनि त्यो पोलिसी निरन्तर भयो । यो निरन्तर हुँदा खराब कर्जा बढ्नसक्ने हुन्छ । र, कुन क्षेत्रमा कति पैसा गयो भनेर थाहा पाउन गाह«ो हुन्छ । किनभन्दा पोहोर साल मौद्रिक नीतिको टार्गेट २० प्रतिशत थियो, कर्जा विस्तारको लागि, २० प्रतिशत भन्दाभन्दै २६ प्रतिशत भन्दा माथि गयो कर्जा विस्तार, कहाँ गयो त ? आर्थिक पूनस्थान राम्रोसँग भएको छैन ।’
डा. नेपालले पुँजी वृद्धिको कारण जोखिम वहन गर्ने क्षमता वृद्धि भएको स्मरण गराए । उनले सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने बताए । तर, केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मापदण्ड हेरेर सबै क्षेत्रलाई छुन खोजेको उनको भनाई छ । उनले भने,‘हाम्रो अर्थतन्त्र भनेको नै रेमिटेन्समा आधारित छ, आर्थिक क्रियाकलाप नबढ्नुञ्जेलसम्म सामानहरु महँगो हुन्छ । पेट्रोलियम पदार्थहरु सबै महँगो हुँदैछ । भारतबाट आउने भएकाले नेपालमा त महँगो हुने निश्चित् छ ।’

उनले हिजो आएको मौद्रिक नीतिले एउटा सिमित वर्गलाई राहतको रुपमा आएको सुनाए । तर, यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने उनको भनाई छ । उनले मौद्रिक नीतिले पुँजी बजारलाई राम्रो गर्ने पनि विश्वास दिलाए ।

उनले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने बताए । उनले भने,‘रिस्क लिएर व्यापार व्यवसाय गर्न जाँदैन्, खोप नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । यसलाई मध्येनजर गरेर कार्यक्रम ल्याउनुपर्छ ।’ भारतमा किसानलाई राहतस्वरुप घरघरमै पैसा पुर्याएको पनि उनले स्मरण गराए । उनले मौद्रिक नीति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *