शिक्षा विधेयक सच्याएर नल्याए नमान्ने प्याब्सनको चेतावनी

Sharing is caring!

पुस २८, २०८० । सरकारले शिक्षा विधेयक नसच्याए त्यसको विरोध गर्ने निजी विद्यालयका सञ्चालक तथा उनीहरुको संगठनका पदाधिकारीले चेतावनी दिएका छन् ।

विराटनगरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको साधारणसभामा सहभागी उनीहरुले शिक्षासम्बन्धी विधेयक सच्याएर ल्याउन चेतावनी दिएका हुन् ।

प्याबसनका निर्वतमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले निजी क्षेत्रबाट शिक्षामा गरेको लगानी संरक्षण नगर्ने तरिकाले शिक्षा विधेयक नसच्याई सरकारले ल्याए विरोध गर्ने र जलाउने चेतावनी दिए ।

‘निजी क्षेत्रबाट शिक्षामा भएको लगानी राज्यले संरक्षण गरिनुपर्दछ । त्यही भएर हामीले आन्दोलन गर्यौं । सरकारले तत्काल वार्तामा बोलायो पनि । अहिले छलफल चलिरहेको छ । त्यही रूपमा विधेयक ल्याए हामी मान्नेछैनौँ,’ उनले भने, ‘शिक्षा विधेयक चलाउँछौंं ।’

ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए ।

सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले विधेयक सच्याएर मात्र ल्याउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *