लम्पी स्किन रोगले देशभर २८ हजार बढी चौपायाको मृत्यु

Sharing is caring!

असार २७, २०८० । लम्पी स्किन रोगको प्रकोपले देशको ७६ वटा जिल्लालाई आफ्नो प्रभावमा लपेटेको छ । मनाङ बाहेक हरेक जिल्लाको घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ । पशु सेवा विभागका अनुसार बुधबार अपरान्हसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ ।

पशु सेवा विभागका अनुसार अहिले रोगको प्रकोप देखिएको स्थानमा पशु चिकित्सक सहितको टोली परिचालन गरिएको छ । रोग प्रभावित गाईवस्तु लगायतका चौपायालाई खोप लगाउने काम पनि भइरहेको छ । पशु सेवा विभागकी महानिर्देशक डाक्टर सम्झनाकुमारी काफ्लेले प्रभावित चौपायामा खोपको कमी हुन नदिन विभाग सतर्क रहेको बताइन् ।
उनले भनिन‘ पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुसँग समन्वय र्न सातै प्रदेशमा टोल्ी परिचालन गरिएको र स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने काम भइरहेको छ । ’

विभागका अनुसार यस बर्ष यो रोग देखापरेबाट हालम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएको, हाल २ लाख ३२ हजार ३ सय ९ चौपाया संक्रमित अवस्थामा रहेको खोप लगाइएको चौपायाको संख्या २ लाख ५० हजार ७ सय ६६ चौपायालाई खोप लगाइएको छ । महानिर्देशक काफ्ले भनिन ‘ लम्पी स्किन रोगको निदानका लागि सबै स्थानीय तहका सरोकारावालाहरुबाट सक्रिय सहयोग, समन्वय तथा सहकार्य आवश्यक रहेको छ । ’

यता काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई वडामा पनि पनि यस रोगको प्रकोप बढ्दा किसानहरु चिन्तित बनेका छन् । देशभर नै लम्पी स्किन रोग नियन्त्रणबाहिर पुग्दा पनि सबै जिल्लामा हालसम्म खोपको उपलब्ध हुन सकेको छैन । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावित भएका छन् । पनौतीका दुई वडामा हालसम्म ११ वटा गाईहरु मरेका छन् । नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पनौती नगरपालिका पशु सेवा शाखाका कर्मचारी लक्षमण सापकोटाले जानकारी दिए ।

उनले भने ‘ कति वडाहरुको भ्याक्सिन अभियान सुरु भएको छ । वडाका अधिकांश गाईहरुलाइ यो रोग लागेको छ । र अहिले भ्याक्सिन लगाउने अवस्था छैन । हामी सबै गोठमा छिरेर अनुगमन गरिरहेका छौं । दुधहरु उमालेर खाने सकेसम्म नखाँदा नै राम्रो । भ्याक्सिनले तापक्रम बढ्छ त्यसैले संक्रमण भएका पशुहरुलाई नदिएको हो । ब्याउने गाईलाई भ्याक्सिन दिए बच्चा फाल्न सक्छ । कति किसानहरुमा जनचेतना नै छैन म¥र्यो भने पुरिदिन्छु भन्ने मानसिकता छ । ’ यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा उनको भनाइ छ । उनले भने ‘हामीले सके सम्म नियन्त्रण गर्ने पहल गरिरहेका छौं । रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’

पनौती नगरपालिकाको वडा नम्बर ८ र १० मा धेरै लम्पी स्किनबाट धमाधम पशुचौपाया ग्रसित भएका छन् । लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पनौती नगरपालीका १० का स्थानीय कमल बहादुर बुढाथोकी रोग लागेपछि गाईको दूध आधाले घटेको बताए । उनले भने ‘ ज्वरोको औषधि र भिटामिनहरु दिएको छ । यो गाईले १० लिटर दूध दिन्थ्यो अहिले जम्मा ५ लिटर दिन्छ । यो निको हुन २५ दिन लाग्छ रे । अरुको मरेको छ हाम्रो चाही अहिले सम्म मरेको छैन ।

पनौती नगरपालिका १० की स्थानीय कमला थापाले रोग लागेपछि गाईको दूध नै बेच्न छाडेको बताइन् ।
उनले भनिन ‘ मलाई त थाह नै थिएन । मैले याद गरेको पनि थिईन । ६ ÷ ७ लिटर दूध दिन्छ । अब दूध के बेच्नु र यस्तो रोग आको छ । व्याउन पनि लागेको छ, ८ महिना भईसकेको छ । पनौती नगरपालीका ९ का स्थानीय रामसरण थापाले लम्पी स्किन रोग लागेपछि आफुहरुको खानेबाट हराएको दुखेसो पोखे । उनले भने ‘ २० गते देखि विरामी भएको सलाइन पानी पनि देको हो । अब महिनाको ३०- ३५ हजार आउथ्यो त्यो जाने भयो । हाम्रो खाने बाटो गयो । ’

पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । त्यसले गर्दा पशुचौपायाले दुध नदिने जस्तो लक्षणहरु देखिन थाल्छ ।

यो रोग झिङ्गा, मच्छड र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपील गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *