मातृभूमी नेपालले नाटक “छिमेकि” प्रर्दशन गर्ने

Sharing is caring!

असार २७, २०८० । ‘स्वर्ग मातृभूमी नेपाल’ले जनचेतनामुलक नाटक “छिमेकि”लाई देशव्यापी रुपमा प्रस्तुत गर्ने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वर्ग मातृभूमी नामक कम्पनीले राष्ट्रलाई शिरमा राख्दै छिमेकिले गरेको अन्याय र अत्याचारको विरोध स्वरुप असार ३० गतेदेखि “छिमेकि” देशव्यापी रुपमा प्रस्तुत गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सो कम्पनीका कार्यालय प्रमुख याम बहादुर घर्ति क्षेत्रीले,समाजमा गहिरो तरिकाले भासिएर रहेको समाजको कूरितीको जालो तोड्नु नै प्रमुख एजेण्डा हुने बताए,‘स्वर्ग मातृभूमि नेपाल हाम्रो जवानीलाई विदेशीको मरुभूमिमा साट्न चाहान्नौं, हामी युवाहरु आफ्नै देशमा समृद्धीको उडान भर्न चाहान्छौं । फल स्वरुप जल जमिन जडिबुटी जस्ता राज्यको प्रमुख स्रोतहरु नेपालको विद्यमान कानूनको दायरामा रहदै सम्पूर्ण युवाहरुलाई एकतावद्ध गर्दैै सामुहीक रुपमा परिचालन गर्न देउ । हामी युवाहरुलाई राष्ट्र निमार्णको प्रमुख आधार सहित उत्पादन र आत्मनीर्भर बन्ने मौका प्रदान गरियोस भन्ने हाम्रो प्रमुख माग छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *