तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

Sharing is caring!

भदौ २१, २०८० । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, आज बसेको मन्त्रिपरिषद्को बैठकमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली,२०८० लाई स्वीकृत गर्ने निणर्य भएको छ ।

साथै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने देखि संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने सम्मका पाँच वटा निणर्यहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

यी हुन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
* तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
* संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
* निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
* स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
* चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *