नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिद्धारा संविधान दिवस र दशैंको शुभकामना कार्यक्रम आयोजना

Sharing is caring!

असोज ४, २०७६ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत् तथा संविधान दिवसको अवसमा शुभकामना आदान–प्रदान, चियापान तथा प्रशिक्षणको आयोजना गरेको छ ।

धनकुटा जन्मथलो भई हाल काठमाडौंमा कर्मथलो बनाउँदै आएका जिल्लाका नेपाली कांग्रेससम्वद्ध कार्यकर्ताका उल्लेख सहभागिता रहेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष गूरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

घिमिरेले पार्टीभित्र रहेको गुट÷उपगुटको अन्त्य गर्दै पार्टीको कार्यशैलीलाई परिवर्तन गर्नुपर्ने बताए । कांग्रेसनिकट भातृ संगठनहरुलाई पनि चुस्त दुरुस्त बनाउन आवश्यक रहेको जनाउदै उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सासद तथा निवर्तमान धनकुटा जिल्ला सभापति मनोहर नारायण श्रेष्ठले सम्पर्क समितिहरुले जिल्लावासीहरुका हकहितका निम्ति लागिपर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधान लागु गर्नमा पार्टीले अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले पार्टीलाई सुदृढ बनाउन आग्रह गरे । सम्पर्क समितिका सभापति भीमबहादुर सुयल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सविन पोख्रेलको सयंजकत्वमा सात सदस्य नेपाल विद्यार्थी संघ धनकुटा–काठमाडौ सम्पर्क समितिको गठन गरिएको जानकारी गराएका छन् ।

कार्यक्रममा नेपाल कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका सद्श्य रामजि कोङरेन, राष्ट्रिय अपाङ्ग संघका सद्श्य एवं महाधिवेशन प्रतिनिधि उदय बहादुर लिम्बु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका द्वय निर्मल ओझा र मोहन बान्तवा, मोरङ–काठमाडौं सम्पर्क समितीका सभापति विनोद भट्टराई, रौतहट–काठमाडौं सम्पर्क समिती एवं समन्वय समितीका अध्यक्ष सुवास कोइराला, नेपाली कांग्रेस पाँचथरका जिल्ला सचिव मच्छेन्द्र लिम्बु, ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराई, पाल्पा–काठमाडौं सम्पर्क समितिका सभापति शिवानन्द बस्याल, दैलेख–काठमाडौं सम्पर्क समितिका सभापति यकेन्द्र पन्तले पनि आफ्नो शुभकामना तथा मन्तव्य राखेका थिए ।

सविन पोख्रेलले सञ्चालन गरेको उक्त कार्यक्रममा यज्ञ आचार्य, यज्ञ अधिकारी, नरेश लिम्बु, सुरेश आचार्य, राजकुमार उप्रेती, कुमारसिंह घिसिङ र महेश पौडेललगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *