नेपालले नेदरल्याण्डस्लाई दियो १७३ रनको लक्ष्य

Sharing is caring!

फागुन १३, २०८० । काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीय पारी खेले ।

त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई-दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक÷एक विकेट लिए । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *